सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको लक्ष्मीनगरका स्थानीय विद्युत कटौतीको मारमा

२०७५ चैत्र १४, ०१:१८ रोशन भट्ट

धनगढी उप–महानगरपालिकाको वडा नम्बर १३ लक्ष्मीनगरका स्थानीय विद्युत कटौतीको समस्याले हैरान भएका छन्।  सामान्य हावाहुरी चल्दा समेत बत्ति जानथालेछि स्थानीय हैरान भएका हुन्। विद्युतीकरण गर्दा होचा स्थानमा पोल गाडेपछि रुखमा तार छुदा विद्युत कटौती हुने गरेको स्थानीय  हरिलाल ओझाले बताए। विजुली घण्टौँ सम्म नआउदा लक्ष्मीनगरका झण्डै एक सय २० परिवारले अन्धकारमा बस्नुपरिरहेको उनले बताए।

विद्युतीकरण गर्दा रुखलाई छुने गरी पोल गाडिएकाले यस्तोे समस्या खेप्नुपरेको र दुर्घटनाको जोखिम समेत बढ्दै गएको गुनासो गरिएको छ। विद्युत कटौतीको समस्याका विषयमा सरोकारवाला निकायले पटक पटक आग्रह गर्दा समेत वेवास्ता गरिएको आरोप स्थानीयको छ,। स्थानीयल सो समस्या समाधान गरिदिन भनि विद्युत कार्यालय तथा अन्य सरोकारवाला निकायमा पटक–पटक धाउदा पनि कसैले वास्ता नगरेको आरोप लगाएका छन्।

उनीहरुले विद्युत प्राधिकरणमा पाँच पटक भन्दा बढी ज्ञापन पत्र बुझाई सकेका स्थानीयलाई दिएको आश्वासन पुरा नगरेको लक्ष्मीनगरकी स्थानीय ईश्वरी भट्टले बताईन्। समस्याको सुनवाई नभएपछि स्थानीय हावाहुरी चल्ने समय आएको भन्दै चिन्ता थपिएको अर्का स्थानीय प्रेमबहादुर चौधरीले बताए। धनगढी नगर क्षेत्रको अधिकांस स्थानमा चोरीका घटनाहरु बढी रहेका वेला उप–महानगरपालिकाको वडा नम्बर १३ को लक्ष्मीनगर टोलपनि अछुतो रहन सकेको छैन्।

सडक बत्ति नहुदा चोरीडकैती बढ्दै गएको स्थानीयले बताएका छन्। तर यसतर्फ पनि सम्बन्धी निकायले ध्यान नदिएको गुनासो गरिएको छ। उनीहरुले स्मार्ट सिटिको सपना वोकेको धनगढी उप–महानगरपालिका र उज्यालो नेपालको कल्पना गरिरहेको नेपाल विद्युत प्रधिकरणले वेवास्ता गरेको अरोप लगाएका छन्। 
 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस