सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जीप दुर्घटना 

२०७९ माघ १६, ०३:०० खबर संवाददाता

बैतडीः बैतडीमा जीप दुर्घटना भएको छ। दशरथचन्द नगरपालिका–५ को कार्यालय पल्लाचौंडाली नजिकै कच्ची सडकमा से १ ज ३३१ नम्बरको जीप सोमबार बिहान ११ बजे दुर्घटनामा भएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए। 

गोठलापानीबाट पल्लाचौंडालीमा यात्रु पु¥याएर गोठलापानी फर्कदै गरेको जीप दुर्घटनामा भएको हो।

जीप सडकबाट २० मिटर तल खसेको भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जीपमा चालकमात्रै रहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस