सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज विश्व कुष्ठरोग दिवस मनाइँदै

२०७९ माघ १५, ०७:४९ खबर संवाददाता

काठमाडौं: ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँं’ नारासहित ७० औँ विश्व कुष्ठरोग दिवस आज मनाइँदैछ। हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाइन्छ।

आर्थिक वर्ष २०७८/७९ मा कुष्ठरोगका नयाँ बिरामीको संख्या २ हजार २८५  रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले जनाएको छ।

विश्वमा रहेका कुष्ठ प्रभावितमध्ये १ प्रतिशत बढि कुष्ठरोगी नेपालमा रहेको तथ्यांक छ। १३ वर्ष पहिले २०६६ सालमा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा भएको थियो। प्रति १० हजार जनसंख्यामा १ भन्दा कम हुनुलाई निवारण भनिन्छ।
 

कमेन्ट लोड गर्नुस