सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनमा रुसी आक्रमण : तीन जनाको मृत्यु

२०७९ माघ १५, ०६:१२

काठमाडौं: पूर्वी युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रुसी आक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन्।

रूसीहरूले नजिकैका आवासमा गोली हानेका थिए जसमा चार बहुमञ्जिला भवनहरू, एउटा होटल, ग्यारेज र नागरिक कारहरूलाई क्षति पुगेको छ। युक्रेनमाथि आक्रमण गरेको झण्डै एक वर्षपछि रुसले सम्पूर्ण डोनेट्स्क क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेको छ।

त्यस क्षेत्रलाई रुसले आफ्नो हिस्सा घोषणा गरिसकेको छ। युक्रेनका अनुसार यस हप्ता रुसी सेनाले पूर्वमा विशेष गरी वुग्लेदार र बाख्मुत सहरहरूमा आक्रमण बढाएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनेट्स्क क्षेत्रमा मोर्चाको अवस्था ‘अत्यन्तै गम्भीर’ रहेको टिप्पणी गरेका छन् ।

कमेन्ट लोड गर्नुस