सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीमा पहिलो पटक ‘कृषि हाट तथा थोक बजार’ सञ्चालनमा 

२०७९ माघ १४, ०६:४२ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको हेलिप्याडमा पहिलो पटक ‘कृषि हाट तथा थोक बजार’ सञ्चालनमा आएको छ।

शिवशक्ति सामुदायिक वनको समन्वय र घोडाघोडी उद्योग वाणिज्य सङ्घको पहलमा ‘कृषि हाट तथा थोक बजार’ सञ्चालनमा आएको घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए।

कृषि हाट तथा थोक बजार प्रत्येक हप्ताको शनिवार र मङ्गलवार लाग्ने गरी सञ्चालनमा ल्याइएको हो। हाटबजार सञ्चालनमा आएपछि किसानहरू उत्साहित भएका छन्। हाट बजारमा किसानले आफुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु विक्री वितरण गर्न सजिलो भएको छ। 

यसअघि हाट बजार नहुँदा उत्पादिन तरकारी बारीमै कुहिने गरेको थियो। हाटबजार सञ्चालनमा आएपछि उपभोक्तालाई पनि सहज भएको छ। किसानहरूले तरकारी उत्पादन गरे पनि बजार नपाउँदा समस्या हुने गरेको थियो। किसानले उत्पादन गरेको तरकारीहरू सुपथ मूल्यमा बिक्री गर्न हाट बजार सहयोगी सावित भएको छ। हाट बजार सञ्चालनमा आएपछि किसानले मुख्य पाउने अपेक्षा समेत गरेका छन्।
 

कमेन्ट लोड गर्नुस