सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक महिला मृत फेला

२०७९ माघ १४, ०५:१० खबर संवाददाता

बझाङः बझाङमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको थलारा गाउँपालिका–३ लामातोलास्थित सेती नदीमा ७६ वर्षीया जौमती सार्की मृत फेला परेकी हुन्।

जिल्लाको दुर्गाथली गाउँपालिका–१ की सार्की शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस