सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय फाइटर विमान दुर्घटना

२०७९ माघ १४, ०३:५२ खबर संवाददाता

काठमाडौंः भारतको राजस्थानस्थित भरतपुरमा सेनाको दुई वटा लडाकु विमान आज दुर्घटना भएको छ। त्यहाँस्थित उच्चैन थाना इलाकाको पिंगोरा रेल्वे स्टेशन नजिक शनिबार बिहान साढे १० बजे विमान दुर्घटना भएको हो। 

भारतीय सेनाको सो विमान आज बिहान उत्तर प्रदेशको आगरा वायुसेना स्टेशनबाट उडान भरेको बताइएको छ। भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनालगत्तै त्यहाँ भारतीय प्रहरी र स्थानीय पुगे पनि विमान दुर्घटनापछि पूर्णरुपमा क्षतिग्रस्त भएको थियो।

बस्तीनजिक जङ्गल क्षेत्रमा विमान दुर्घटना भए पनि त्यहाँ केहीबेर नागरिकको भागदौड मच्चिएको थियो। विमानका क्षतिग्रस्त टुक्रा यत्रतत्र फैलिएको छ । सेनाको विमानमा के कति मानिस सवार थिए भन्ने एकिन भएको छैन। यद्यपि केही भारतीय सञ्चारमाध्यमले एक विमानका चालकको मृत्यु भएको छ र अर्को विमानका चालक सुरक्षित रहेको दाबी गरेका छन्। 

फाइटर विमान दुर्घटना भएको समाचार बाहिर आए पनि भारतीय रक्षा विभागको तर्फबाट आधिकारिक जानकारी आइसकेको छैन। डिफेन्स पीआरओ कर्नल अमिताव शर्माले सो बारे अझै जाँचबुझ जारी रहेकाले आधिकारिक सूचना बाहिर नआएको भारतीय सञ्चारमाध्यमलाई बताए।

एयरफोर्सको दुवै विमान सुखाई ३० र मिराज २००० दुर्घटना भएको सञ्चारमाध्यमले जनाएका छन् । दुवै विमान मध्यप्रदेशको सो ठाउँमा सेनाको अभ्यास चलिरहेको थियो। दुवै विमान एकअर्कासँग ठक्कर खाएपछि दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। विमान दुर्घटनाबारेमा जाँच गर्न वायुसेनाले जाँचका लागि कोर्ट अफ इन्क्वाइरीको आदेश दिएको छ।

बस्ती नजिक जङ्गल क्षेत्रमा भएको दुर्घटना भएको विमानमा चालक दलका कतिजना सदस्य सवार थिए भन्ने कुरा अझै खुल्न नसकेको सञ्चार माध्यमले जनाएका छन्। स्थानीय नागरिकको भनाइ अनुसार विमान टकराएपछि माथि आकाशमै आगो लागेको थियो। दुर्घटना भएको खबर पाउने बित्तिकै त्यहाँ प्रहरी र चिकित्सकको ठूलो टोली पुगेको थियो। उद्धारका लागि ग्वालिएरको महाराजपुरको एयरबेस सेन्टरमा दर्जन जति हेलिकप्टर गएका थिए। 

विमान दुर्घटनाको मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पुष्टि गरेका छन। उनले  सामाजिक सञ्जालमा ट्वीट गर्दै दुर्घटनाको पुष्टि गरेका हुन्। उनले लेखेका छन, “मुरैनाको कैलारस नजिक वायु सेवाको सुखोइ ३० र मिराज २००० विमान दुर्घटनाग्रस्त भएको खबर अत्यन्त दुःखद छ। विमानका चालकको सुरक्षित होऊन ईश्वरसँग प्रार्थना गर्दछु।” गोरखापत्र

कमेन्ट लोड गर्नुस