सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नसानाडी’को छायाँकन सुरु

२०७९ माघ १२, ०६:५७ खबर संवाददाता

धनगढीः जनचेतना सञ्चार समूहद्वारा सञ्चालित हाँस्यटेली सिरीयल ‘नसानाडी’को छायाँकन सुरु भएको छ। 

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर  ९ मा रहेको राजघाटमा ‘नसानाडी’को छायाँकन सुरु गरिएको  संस्थाका अध्यक्ष विजयराज जोशीले बताए। बिहीवार एक कार्यक्रमका बिच सिरीयलको छायाँकनको काम सुरुवात गरिएको हो।

उक्त सिरीयलले समाजमा भएका विकृति, बेसंगती, सुदूरपश्चिमको भेषभुषा, भाषा संस्कृतीलाई जोगेर्ना गर्ने, याहाँको रहनसन लगाएतका कुराहरुलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने निर्माण पक्षले जानकारी दिएका छन्।

सिरीयलको कथा/पटकथा/सम्बाद/लेखन र निर्देशन निखिल आचार्य, दीर्घ शाही र विजय जोशीको हुने छ। छायाँकन देवेन्द्र पाण्डेले गरेका छन्। निउज नेपाल टेलिभिजनले सिरियलको प्रसारण गर्ने छ। फागुन १५ गते सोमवार राति ८ बजेदेखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुने संस्थाले बताएको छ।

सिरीयलमा निखिल आचार्य, दीर्घबहादुर शाही, सुदिप थापा, विजयराज जोशी, नरेश प्रसाद जोशी, मोहन पनेरु, सुरज चन्द, जमुना साउँद, सीता चौधरी, सृजना भट्ट  लगाएत कलाकारहरुको  अभिनय रहेको छ। 

सोको ओपनिङ गितमा स्वर संगीत/संगीत संयोजन बसन्त साधकले गरेको हुन भने फिमेल आवा निसा दहितले दिएकी छन्।
 

कमेन्ट लोड गर्नुस