कञ्चनपुरमा ४५ क्युफिट अवैध काठ बरामद
कञ्चनपुरः कञ्चनपुरमा ४५ क्युफिट अवैध काठ बरामद गरिएको छ। जिल्लाको पुनर्वास नगरपालिका–११ अमरबस्तीबाट काठका गोलियासहित प्रहरीले बरामद गरेको हो।
बुधबार अमरबस्ती स्थित कालोपुल नजिक बिन्दबासिनी मन्दिरदेखि मदन टोल जोड्ने सडक किनारमा बेवारिसे अवस्थामा रहेको काठ प्रहरीले बरामद गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नरेशराज मल्लले बताए।
बरामद गरिएको १२ थान अर्थात ४५ क्युफिट गोलिया सव डिभिजन वन कार्यालय पचकडियामा बुझाइएको प्रहरीले जनाएको छ।