सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्प पीडितलाई राहत उपलब्ध गराउन मुख्यमन्त्री रावलको निर्देशन

फोटो : दिनेश विष्ट
फोटो : दिनेश विष्ट
२०७९ माघ ११, ०७:४९ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भई मंगलबार  दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिएका छन्।

उनले प्रदेश मुख्यसचिव, सामाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीसित सम्पर्क गर्दै उक्त निर्देशन दिएका हुन्। मुख्यमन्त्री रावलले तत्काल क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएका छन्। क्षतिको विवरण आउने बित्तिकै थप राहतका कार्यक्रम घोषणा गरिने उनको सचिवालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस