सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वडा सदस्यको मृत्यु

२०७९ माघ ११, ०७:३८ खबर संवाददाता

बैतडी: बैतडीमा वडा सदस्यको मृत्यु भएको छ। बैशाखमा भएको स्थानीयतहको निर्वाचनमा जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर४ बाट निर्वाचित वडा सदस्य बीरसिंह साउदको मंगलबार ६० वर्षको उमेर निधन भएको हो।

चार महिनादेखि बिरामी रहेका साउदको मंगलबार निधन भएको स्थानीय प्रकाश साउदले जानकारी दिएबा छन्। मंगलबार साझ साढे ५ बजेको समयमा आफनै निवास सुर्नया ४ पालिगडामा उनको निधन भएको साउदले बताए। उनी बैशाखमा भएको  स्थनीयतहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए।
 

कमेन्ट लोड गर्नुस