सुदूर नेपाललाई विश्वसँग जोड्दै

इरानमा दुई प्रहरीको मृत्यु

२०७९ माघ ११, ०६:१७ खबर संवाददाता

एजेन्सी: इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा ‘ठग’ हरूले गरेको आक्रमणमा दुई प्रहरी अधिकारीको मृत्यु भएको इरानको सरकारी समाचार एजेन्सी इर्नाले जनाएको छ।

मुख्तार मोमेनी र अबुजर ओमिदवार नामका दुई प्रहरी अधिकारीहरू स्थानीय समयअनुसार बिहान करिब २ बजे बमपुर काउन्टीको प्रवेशद्वारमा आफ्ना सहकर्मीहरूसँग गस्ती गरिरहेका बेला आक्रमण भएको प्रान्तका प्रहरी कमाण्डर मोहम्मद कानबारीले बताएका छन्।

कानबारीका अनुसार आक्रमणपछि ‘ठगहरू” घटनास्थलबाट भागेका थिए। संदिग्ध आक्रमणकारीहरूको खोजी जारी छ। 

कमेन्ट लोड गर्नुस