भूकम्पले ढुङ्गा खस्दा बाजुरामा एक महिलाको मृत्यु
धनगढीः भूकम्पले ढुङ्गा खस्दा बाजुरामा एक महिलाको मृत्यु भएको छ। जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर २ जुरेलीकी एक महिलाको मृत्यु भएको बाजुरा प्रहरीले बताएको छ। जंगलमा घाँस काट्ने बेला स्थानीय अन्दाजी ३५ वर्षीया जमुना रोकायाको भूकम्पसँगै माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराको एक समूह घटनास्थल तिर लागेको छ। उक्त क्षेत्रमा पुग्न प्रहरीलाई पाँच घण्टा समय लाग्ने छ।
मङ्गलवार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त क्षेत्रमा स्थानीयका घरहरुमा पनि क्षति भएको छ। भौतिक क्षतिको विवरण भने नआएको बाजुरा प्रहरीले बताएको छ।