कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका र पुनर्वास नगरपालिकाबाट विक्रम शाही र राम अवतार राना पक्राउ परेका हुन्।
भीमदत्त नगरपालिका–४ बसपार्कस्थित दैलेख शाही खाजा घरबाट अवैध लागूऔषध चरेश ९० ग्राम सहित खाजा घरका सञ्चालक २६ वर्षीय बिक्रम शाहीलाई सोमबार पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई शाहीलाई पक्राउ गरेको हो।
त्यस्तै पुनर्वास नगरपालिका–१ ढक्काबाट अवैध लागूऔषध ४ ग्राम ५८ मिलिग्राम सहित बेलौरी नगरपालिका–३ खिरियाका २८ वर्षीय रानालाई पनि सोमबार राति पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले सु.प.प्र.०१ ०१० प ३३५० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनलाई लागूऔषध पक्राउ गरिएको प्रहरीले जनाएको छ।