बाजुराबाट रेफर गरिएकी गर्भवतीको मृत्यु
२०७९ माघ १०, १०:२७
बाजुरा: बाजुराबाट रेफर गरिएकी गर्भवती महिलाको बाटोमा मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका १ पिनालेख बस्ने २६ वर्षीय जानकी विक लुवारको सोमबार राति बाटोमा मृत्यु भएको हो।
जिल्ला अस्पताल बाजुरामा सुत्केरी हुन नसकी रेफर गरिएको जानकीलाई बसमा महेन्द्रनगर ल्याउदै गर्दा मृत्यु भएको उनका श्रीमान रमेश विकले बताएका छन्।
कमेन्ट लोड गर्नुस