धनगढीको आरोग्य मोटर्सले विद्युतीय स्कुटरमा ५ वर्षको नवीकरण शुल्क आफैं व्यहोर्ने
धनगढीः पछिल्लो समय वातावरण मैत्री भनेर सबैको रोजाइमा पर्न थालेको विद्युतीय सवारी साधन नेपालमा पनि धेरैको रोजाइमा पर्न थालेका छन्। विश्व बजारमा लोकप्रियता हासिल गर्दै गएको विद्युतीय सवारी साधनले नेपाली ग्राहकको मन पनि तान्न सफल हुन थालेका छन्।
सुदूरपश्चिम प्रदेशमा विद्युतीय सवारी साधन खरिद गर्न अब भारतीय बजारको भर पर्ने दिन समाप्त भएका छन्। प्रदेशको अस्थायी राजधानी धनगढीमै अबदेखि विश्वस्तरीय र भरपर्दो सवारीसाधन पाइने भएका छन्।
धनगढी उपमहानगरपालिका–५ को तारानगरमा रहेको आरोग्य मोटर्स प्रालिले विद्युतीय स्कुटी बजारमा ल्याएको छ। मोटर्सले सहिदगेट–क्याम्पस चोक सडक खण्डको तारानगरस्थित हिमशिखर सहकारीको भवनमा मुख्य सोरुम सञ्चालनमा ल्याएर विद्युतीय स्कुटरको बिक्रि थालेको छ।
आरोग्य मोटर्सका प्रबन्धक रविन्द्र मगरले जापनिज प्रविधिबाट निर्मित युरोपियन मापदण्डमा बनेको स्कुटर पहिलो पटक धनगढीबाट बिक्री थालिएको बताए। उनकाअनुसार आरोग्य मोटर्सले देशका अन्य भागमा समेत बिक्री वितरण गर्ने गरी धनगढीमा सोरुम सञ्चालनमा ल्याएको हो।
एउटै ब्याट्रीबाट एक पटकमा चार्ज गर्दा १५० देखि १८० किलोमिटर सम्म गुडाउन मिल्ने स्कुटरको प्रयोगले पेट्रोलियम पदार्थ खरिद, सर्भिस गर्नुपर्ने जस्ता खर्च कटौती गर्ने मगरको भनाई थियो। फाइनान्समा २ लाख ७० हजार र नगद तिरे दुई लाख ५० हजारसम्ममा स्कुटर खरिद गर्न सकिने सोरुमले जनाएको छ।
आरोग्य मोटर्सका सञ्चालक यज्ञराज ढुंगानाले धनगढीमा अरोमा ईभीका तीन वटा मोडल देशका अन्य सहर र अनलाइन प्रणालीबाट खरिद गर्दा महंगो पर्ने तर आफ्नो सोरुमले कम्तीमा पनि ३० हजार रुपैयाँसम्म छुट दिएर बिक्री गरिरहेको जनाए।
उनकाअनुसार विशेष सुविधा अन्तर्गत नवीकरणवाफत यातायात कार्यालयले लिने ५ वर्षको शुल्क स्वयं कम्पनीले नै व्यहोर्ने व्यवस्था गरेको छ। स्कुटर खरिद गरेपछि कुनै प्रकारको समस्या देखिएमा इलेक्टीकल इन्जियरको समेत व्यवस्था गरिएको ढुंगानाले बताए।
धनगढीका लागि आधिकारिक बिक्रेता आरोग्य मोटर्सले नै १९० सिसीको अरोमा जेड मोटरसाइकल पनि बजारमा ल्याएको छ। उक्त मोटरसाइकलको मूल्य फाइनान्सको सुविधासहित ४ लाख ८० हजार तोकिएको सञ्चालक ढुंगानाले जानकारी दिए।
प्रति लिटर ४२ किलोमिटरसम्मको माइलेज दिने जापनिज मोडलको मोटरसाइकल पहाडी क्षेत्र र लामो रुटमा यात्रा गर्न सहज हुने बताइएको छ।