सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

२०७९ माघ ९, ०१:४४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका  वडा नम्बर १८ का अभिषेक गुरुङ, २१ वर्षीय आषिश छिनाल र सोहि स्थानका २२ वर्षीय जीवन कार्की लागुऔषधसहित पक्राउ परेका हुन्।

कार्कीबाट डाइजेफम १९ सीसी, ९६ सीसी रेस्कोजेसीक, फेनारगन ९६ थान गरी २११ थान  लागुऔषध र भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित तीनै जनालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट मझगाउँ कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१७ मझगाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस