सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेत्री ऋचा शर्माले जितिन् ‘ब्लड मनी’ अवार्ड

२०७९ माघ ९, ०७:४५ खबर संवाददाता

धनगढी: अभिनेत्री ऋचा शर्माले अष्टेलियामा छोटो फिल्म ‘ब्लड मनी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन्। शर्माले अस्ट्रेलियामा सम्पन्न ‘टाइटान फिल्म फेस्टिभल’मा वर्षकै उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन्।

उक्त फिल्म  फेस्टिभलमा लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई सम्मान गरिएको थियो। फेस्टिभलमा १ सयभन्दा बढी देशबाट फिल्म सहभागी भएका थिए। २७ मिनेट लामो फिल्ममा ऋचा शर्मा, अशोक तिमल्सिना, मिथिला शर्माको मुख्य भूमिका रहेको छ।

यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ। फिल्ममा पारिवारिक आर्थिक अवस्थाले विदेशिएका युवाको कथा समेटिएको छ।
 

कमेन्ट लोड गर्नुस