सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगर विद्युत वितरण केन्द्र अगाडि 'डम्पिङ साइट'

२०७९ माघ ८, ०६:३५ खबर संवाददाता

धनगढीः कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र अगाडि अघोषित डम्पिङ साइट बनाइएको छ। महेन्द्र राजमार्ग छेउमा बजारको मुख्य क्षेत्रमै जथाभावी फोहर फाल्दा पनि वितरण केन्द्र र नगरपालिका मूकदर्शक भएको सर्वसाधारणले बताएका छन्। बजारको मुख्य क्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा स्थानीय व्यापारीले जथाभावी फोहर फाल्ने गरेको मनोज जोशीले बताए।


’विद्युत वितरण केन्द्र अगाडि डम्पिङ साइट बनाइएको छ, तर कुनै मतलव गरिएको छैन,’ उनले भने, 'नगरपालिकाले पनि राजमार्गमै थुपारेको फोहर उठाउन र फेरि नफाल्ने वातावरण बनाउन सकेको छैन।’
जोशीले महेन्द्रनगरको मुख्य बजार क्षेत्रमै देखिएको फोहरले सहरलाई नै गिज्याइ रहेको बताएका छन्।  तर, भीमदत्त नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुशीलकुमा भट्टले फोहर भोलि नै उठाउन लगाउने बताएका छन्।
कमेन्ट लोड गर्नुस