सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको आलिताल गाउँपालिकाले नदिजन्य पदार्थमा रोयल्टी संकलन गर्दै

फाइल फोटो
फाइल फोटो
२०७९ माघ ८, ०१:०९ खबर संवाददाता

 डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाले नदिजन्य राजस्व संकलन गर्ने भएको छ। पालिका हाता भित्र रहेको रंगुन नदी, सुनखोला लगायतका अन्य स–साना खोला बाट उत्खनन् गरिदै आएको बालुवा, गिट्टी र ढुंगामा अब पालिका सरकारले राजस्व उठाउने भएको छ।

सुदुरपश्चिम सरकारको आर्थिक ऐन २०७९÷०८० मा भएको ब्यवस्था बमोजिम पालिकाले प्रति घनमिटरको रु एक सय छ रुपैयाँ बराबरको राजस्व संकलन गर्न पाउने भएको छ। पटक–पटक गाउँपालिकाले नदिजन्य पदार्थ उत्खननको लागि टेण्डर आह्वान गरेपनि कुनै ठेकेदार कम्पनीबाट टेण्डर प्रस्ताव नआएपछी पालिकाले आफै रोयल्टी संकलन गर्ने भएको हो।

कमेन्ट लोड गर्नुस