सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा शीतलहरका कारण एक सय बढीको मृत्यु

२०७९ माघ ८, ०७:४३ खबर संवाददाता

काठमाडौं: अफगानिस्तानमा शीतलहरका कारण एक सय बढीको मृत्यु भएको छ। शीतलहरका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या एक सय चार पुगेको हो। तालिवान सरकारले देशको विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु भइरहेको खबर आएको बताएको छ।

शीतलहरका कारण करिब ७० हजार पशु पनि मरेको बीबीसीले जनाएको छ। तालिवान सरकारका प्रवक्ताले एक महिनामा झण्डै ४० हजार परिवारलाई खानपिनको व्यवस्था गरेको र केही राहत पनि दिएको दाबी गरेको छ। संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा बढ्दो चिसोका कारण बढिरहेको मानवीय सङ्कटको बारेमा चिन्तासमेत व्यक्त गरेको छ।
 

कमेन्ट लोड गर्नुस