सुदूर नेपाललाई विश्वसँग जोड्दै

चमेलिया किनारमा महिलाको शव भेटियो

२०७९ माघ ७, ०६:४० खबर संवाददाता

दार्चुलाः दार्चुलाको शैल्यशिखर नगरपालिका–९ चमेलिया नदी किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ। शनिबार अपराह्नतिर गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा अन्दाजी २६ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिकाको भवन पछाडि चमेलिया नदी किनारमा महिलाको शव डुबेको अवस्थामा फेला परेको जनाएको छ।

अपराहृन ४ बजेतिर चमेलिया नदी किनारमा डुबेको अवस्थामा शव फेला परेको इप्रका गोकुलेश्वका इन्चार्ज वीरेन्द्रसिंह थापाले बताए। शवको पहिचान हुन सकेको छैन।

शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस