कञ्चनपुरमा साढे १५ किलोग्राम चरेससहित एक जना पक्राउ
धनगढीः कञ्चनपुरबाट साढे १५ किलोग्राम चरेसहित एक जना पक्राउ परेका छन्। अवैध लागूऔषध चरेससहित बझाङ केदारसीऊ गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४० को करन धामीलाई पक्राउ परेका हुन्।
प्रदेश प्रहरी कार्यालय, धनगढी अन्तर्गत क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरीक्षक मोहन रावलको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ कालिका टोलबाट १५ किलो ५२० ग्राम चरेससहित धामीलाई पक्राउ गरेको हो।
पक्राउ परेका धामीलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको छ। प्रदेश प्रहरीका अनुसार आजै क्षेत्रीय अनुसन्धान समूहले कैलालीको भजनी नगरपालिकाका विभिन्न वडाबाट चोरीका ३ थान मोटरसाइकल बरामद गरी थप अनुसन्धानसुरु गरेको छ।