सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सुत्केरी महिलालाई खाटमा बोकेर अस्पताल लग्नुपर्ने बाध्यता

२०७९ माघ ६, १२:४५ खबर संवाददाता

दार्चुलाः दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–२ न्वालपानीकी एक महिलालाई सुत्केरी व्यथाले च्यापेपछि खाटमा बोकेर स्वास्थ्य चौकी लगिएको छ।

बिहिवार राति ती महिलालाई सुत्केरी व्यथा लागेको थियो। तर गाउँमा बिरामी बोक्ने स्ट्रेचर नहुँदा डोरीबाट बनाइएको खाटमा बोकेर अस्पताल पुगाइएको हो। गाउँमा स्ट्रेचर नहुँदा बाध्यताले खाटमा बोक्नु परेको स्थानीय प्रकाशसिंह धामीले गुनासो गरे।

यस्तै, गाउँमा बाटो राम्रो नहुँदा बिरामीलाई अस्पताल लैजान समस्या हुने गरेको स्थानीलयले बताएका छन्।

जिल्लाको न्वालापानीमा करिब ७० परिवारको बसोबास छ। उक्त बस्तीमा एउटा पनि स्ट्रेचर नहुँदा समस्या हुने गरेको स्थानीयको गुनासो छ। गाउँवासी बिरामी हुँदा डोरीबाट बनेको खाटमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ। 

गाउँमा एकातर्फ सडक सुविधा छैन् भने बिजुली र पानीको पनि अभाव छ। गाउँमा विद्यमान विविध समस्याले बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेको धामीको गुनासो छ।
 

कमेन्ट लोड गर्नुस