सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक महिला मृत फेला 

२०७९ माघ ५, ०८:११

धनगढीः बैतडीमा एक महिला मृत फेला परेकी छिन्।

जिल्लाको सिगास  गाउँपालिका वडा नम्बर ६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षिया श्रीमती  राधीका धामी बिहीवार मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ। उनी चार दिनदेखि बेपत्ता थिइन्। 

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार उनी आज साँझ ५ बजे तिर थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेकी हुन्। स्थानीयले राधीका माघ २ गते  दिउंँसो  घास काट्न जान्छु  भनेर घरबाट निस्कीएर बेपत्ता भएकी बताएका छन। उनी घर नआएपछि स्थानीयले खोजि गर्दै आएका थिए। स्थनीयले नै उनलाई बिहीवार मृत अवस्थामा भेटाएका हुन्। 
 

कमेन्ट लोड गर्नुस