सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा प्रशासनमा टाइमकार्ड सेवा, सेवा ग्राहीलाई सहज

२०७९ माघ ३, ०९:१२ खबर संवाददाता

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गत सातादेखि सुरु गरेको टाइमकार्डले सेवाग्राहीलाई सेवा लिन सहज बनाएको छ। सेवाग्राहीको सुविधाका लागि कार्यालयले गत सातादेखि विभिन्न १० प्रकारका सेवामा टाइमकार्ड लागू गरेको हो। 

नागरिकता लिन, राहदानीका लागि आवेदन दिन, राहदानी विभागबाट प्रिन्ट भई आएका राहदानी वितरण गर्न, राष्ट्रिय परिचयपत्र विवरण दर्ता, सङ्घ÷संस्था नवीकरण, दलित÷जनजाति प्रमाणित, मुद्दापेसी र तारेख, मुद्दाको फैसला, नाबालक परिचयपत्र र हातहतियार नवीकरण सेवामा प्रशासनले टाइमकार्ड लागू गरेको थियो। 

आवश्यक कागजात पुगेको अवस्थामा १५ मिनेटमा सेवा दिनेगरी टाइमकार्ड लागू गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। अशक्त, अपागङ्ता भएका मानिसका साथै ज्येष्ठ नागरिक र अति समस्यामा परेका सेवाग्रहीलाई प्राथमिकता दिने गरी अन्य सेवाग्राहीलाई समेत छिटोछरितो प्रदान गर्न टाइमकार्ड लागू गरिएको  प्रजिअ जोशीले बताए। 

टाइमकार्ड लागू भएपछि ासमान्य तवरबाट हुने कामका लागि दिनभर अलमलिएर बस्नुपर्ने बाध्यता हटेको सेवाग्राही राजु भट्टले बताए। संस्था नवीकरणका लागि जिल्ला प्रशासन पुग्नुभएकी भट्टले समयमा नै सेवा पाएको जनाकारी दिए। 

टाइमकार्ड लागू भएपछि ४५ मिनेटभित्र नयाँ नागरिकता र नाबालक परिचयपत्र दिनेकार्य भइरहेको र प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा ६० दिनभित्र फैसला गर्ने लक्ष्य राखी प्रशासनले आफ्नो सेवा प्रदान गरिरहेको मुद्दा फाँटका सुब्बा चन्द्रबहादुर रोकायाले बताए। अशक्त, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र बच्चासहितको महिलालाई लाइनमा नराखी प्राथमिकताका आधारमा सेवा प्रवाह भइरहेको उनको भनाइ छ। रासस
 

कमेन्ट लोड गर्नुस