सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल शाहले पाए सफाइ

२०७९ माघ ३, ०८:१८

धनगढी– तनहुँ कारागार दमौलीमा थुनामा रहेका अभिनेता पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। उनी नाबालिगलाई जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका थिए। 

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मंगलबार भएको बहसपछि उनलाई अदालतले सफाइ दिएको हो। 
अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरका अनुसार शाहविरुद्धको सुनुवाइमा अभियोग दाबी नपुगेकोले अदालतले फैसला सुनाएको हो। उनले पीडित पक्षलाई पुनरावेदन जाने छुट रहेको बताए। 

 सोही प्रकृतिको मुद्दा नवलपुरमा दर्ता भएकोमा नवलपुर अदालतले शाहविरुद्ध गत भदौ २१ गते २ वर्ष ६ महिना कैद फैसला सुनाएको थियो। सोही फैसला अनुसार शाह तनहुँ कारागारमै रहने श्रेस्तेदार कुँवरले बताए। शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरी कार्यलयमा उजुरी परेको थियो। शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
 

कमेन्ट लोड गर्नुस