सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहना पुल अत्तरिया ६ लेन सडकको दोस्रो खण्डको निर्माण पनि ठप्प

२०७५ चैत्र १३, ०७:४२ रोशन भट्ट

सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएकोे मोहनापुल अत्तरिया सडकको दोस्रो खण्डको काम पनि ठप्प रहेको छ। निर्माणाधिन ६ लेन सडकको मोहनापुल देखी बोराडाडी सम्मको पहिलो खण्डको निर्माण कार्य ठप्प रहेका बेला दोस्रो खण्डको अवस्था पनि उस्तै देखिएको हो। आयोजना कार्यालय र निर्माण व्यवसायीको उदासिनताले दोस्रो खण्ड बोराडाडीदेखी गेटा सम्मको  साढे ४ किलोमिटर सडकको काम पनि ठप्प रहेको आरोप लागेको छ।

सो सडक खण्डमा महिनौँ पहिलेदेखी निर्माण थालिएका कल्र्भटको निर्माणले पूर्णता पाउन सकेको छैन भने सडक आसपासमा निर्माण समाग्री राखिएको भएपनि कामदार भेटाउनै मुस्किल हुने गरेको स्थानीयले बताएका छन्। मोहनापुल अत्तरिया ६ लेन सडकको निर्माण अवधि सकिन अब ५८ दिन मात्र वाकी रहेको छ। तीन चरणमा विभाजन गरी निर्माण भइरहेको ६ लेन सडकको निर्माणले तिव्रता नपाउनुमा विद्युतका पोल, खानेपानीकोृ पाईप लाईन स्थानान्तरणलाई कारण मान्दै आएको आयोजना कार्यालय र निर्माण व्यवसायी राजेन्द्र निर्माण सेवा भने अहिले आएर मौन देखिएका छन्।

तर निर्माणमा भएको ढिलाईले आवातजावतमा सास्ती खेप्नुपरिरहेको छ त दुर्घटनाको जोखिम बढ्नुका साथै व्यापार व्यवसाय समेत चौपट भएको गुनासो गरिएको छ। अर्कोतीर पानी परेका बेला सडक हिलाम्मे र सुख्खायाममा धुलाम्मे हुदा आवातजावतमा सास्ती भइरहेको स्थानीय बताउछन्। सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको ६ लेन सडक निर्माणलाई तिव्रता दिन आयोजना कार्यालय र निर्माण व्यवसायीले मतलब नगरेका बेला अनुगमनको झ्याली पिट्ने यसक्षेत्रका अन्य सरोकारवाला निकाय पनि जनताले खेप्नुपरेको सास्तीलाई नदेखेझै गरिरहेको आरोप लागेको छ।

सडक  निर्माणको कार्य ठप्प रहेको कुरा स्वीकार गर्न निर्माण व्यवसायी तयार छैनन्। दोस्रो र तेस्रो खण्डको निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवाका ईन्जिनियर रोशन भट्टले निर्माणको अधिकांश कार्य सम्पन्न भइसकेकाले फिल्डमा धेरै कामदार नदेखिने गरेको बताए। कल्र्भट निर्माणमा भएको ढिलाईका विषयमा भट्टले विगतमा पोल सार्नमा भएको ढिलाईले काम प्रभावित भएको तर अब भने गति लिने दावी गरे।           
 
 

   
 

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस