सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बुहारीलाई ससुराले जबरजस्ती करणी गरेपछि....

२०७९ पुष २९, ०२:५१ खबर संवाददाता

बैतडीः बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिकाकी एक महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन्।

सोहि निवेदनको आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए। ५२ वर्षीय आफ्नै ससुराले अन्दाजी २१ वर्षीय बुहारीलाई जबरजस्ती करणी गरेको भन्दै पीडितले निवेदन दिएपछि प्रहरीले विहिबार जिल्लाको सेरीबाट पक्राउ गरी जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको छ।

उता पुर्चौडी नगरपालिकाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।

बलात्कारपछि आफू गर्भवती भएको र आरोपीले गर्भपतन गराउन लगाएको उजुरीमा उल्लेख छ। २४ गते पुचौडीकी ती महिलाले जबरजस्ती गर्न नहुनेमा उजुरी दिएकी थिएन। तर संलग्न व्यक्ति फरार छन्। प्रहरीले ती व्यक्तिको खोजीकार्य तीव्र पारेको छ।

कमेन्ट लोड गर्नुस