माघ २ गतेबाट अत्तरियामा टिभिएसको ग्रान्ड एक्सचेञ्ज मेला हुँदै
धनगढीः टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स प्रालि र धनगढी/अत्तरियायाका लागि आधिकारिक बिक्रेता बागेश्वरीअटोमोटिभ्सको संयुक्त आयोजनामा कैलालीको अत्तरियामा माघ २ गतेदेखि ग्रान्ड एक्सचेञ्ज हुन लागेको हो।
माघी पर्वलाई मध्यनजर गरेर एक्सचेञ्जमा प्रत्येक खरिदकर्तालाई अधिकतम मुल्यांकन ७ हजारसम्म गरिदिने, हेलमेट, रेनकोट, ब्याग तथा रोड ट्याक्स निःशुल्क गरिदिने बागेश्वरीका सञ्चालक प्रेम साउँदले जानकारी दिए।
विगतमा विलासिताको साधनमा गनिने मोटर बाईक तथा स्कुटरहरु बजार तथा मानिसको आयमा भएको परिवर्तनसँगै अनिवार्य बनेका छन्। ग्राहकको रुचिलाई मध्यनजर गरेर विभिन्न कम्पनीले नयाँ-नयाँ स्किम ल्याउने गरेका छन्। आफूलाई आक्रमक तरिकाले बजारमा उतारेको टिभिएसले अत्तरियामा ग्रान्ड एक्सचेञ्ज गर्न लागको हो।
बजारको आवश्यकतालाई मध्यनजर गरेर टिभिएसको ग्रान्ड एक्सचेञ्ज मेलामा राईडिङ्ग ज्याकेट पनि उपलब्ध रहेको तथा २५ प्रतिशत डाउनपेमेन्टमा पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्न सकिने कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक धनिराम भुसालले बताए।
यो वर्षको ग्रान्ड एक्सचेञ्ज मेला बिगतमा गरिने मेला भन्दा केही फरक उदेश्यले सञ्चालन गरिएको छ। ओझेलमा परेको बजार बिस्तारसँगै ग्रामिण क्षेत्रका ग्राहकलाई समेत सहज होस् भनेर अत्तरियाबाटै एक्सचेञ्ज सञ्चालनमा ल्याइएको र यसबाट सम्पूर्ण क्षेत्रका ग्राहकले फाइदा लिन सक्ने जगदम्बा मोटर्सका सुदूरपश्चिम प्रदेश अधिकृत बिक्रम बोहराले जानकारी दिए।
अत्तरियामा हुने ग्रान्ड एक्सचेञ्जमा एउटै ठाउँबाट फाइनान्स, ईन्स्योरेन्स र एक्सचेञ्ज सुविधा हुने छ भने नयाँ सवारी साधनको खरिद मेला स्थलबाट गर्न सकिनेछ।
हाल टिभिएसले १४२९०० मूल्य पर्ने मोपेड देखि रेडियन ११०, स्ट्राइकर १२५, रेडर १२५, अपाचे १६०–२भि, अपाचे १६० ४–भि एस.डि, अपाचे १६० ४–भि आर डि, अपाचे १६०य ४–भि आर डि एबिएस, अपाचे २०० ४–भि एबिस एफ आई विथ राइड मोड एण्ड स्लिपर क्लच, २०० ४–भि एबिएस र ८ लाख रुपैयाँ पर्ने आर आर ३१० मोडेलका मोटरसाइकल नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ भने स्कुटरतर्फ विगो ११० एफ आई विथ बिएस ६, जुपिटर ११०, एनटर्क १२५ ड्रम विथ स्मार्ट कनेक्ट, एनटर्क डिस्क विथ स्मार्ट कनेक्ट, एनटर्क रेस ईडिसन, एनटर्क स्क्वायर्ड तथा एनटर्क आरटि एफ आई बिएस ६ उपलब्ध रहेका छन्।
साथै, बहुप्रतिक्षित सुविधासम्पन्न अपाचे आरटिआर १६० ४–भि एफ आई विथ एबिएस, राइड मोड, स्मार्ट कनेक्ट र बिएस–६ प्रविधिको नयाँ मोटरसाइकलसमेत मेलामा राखिने भएको छ।