काबुलमा आत्मघाती बम विस्फोट हुँदा २० जनाको मृत्यु
एजेन्सी: अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। विदेश मन्त्रालयनजिकै भएको विस्फोटमा अन्य केही घाइते भएका छन्। अधिकारीहरूका अनुसार बम विस्फोट भएको समयमा तालिवान र चिनिया अधिकारीहरूबीच बैठक चलिरहेको थियो।
अफगानिस्तानमा चरमपन्थी संगठन इस्लामिक स्टेटले यस्तो आक्रमण गर्दै आएको छ। इस्लामिक स्टेटले गत वर्ष अफगानिस्तानमा भएका धेरै विस्फोटको जिम्मेवारी लिएको थियो।