सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोख मेरो सन्तान कस्को ? (फोटो प्रदर्शनी)

२०७५ चैत्र ११, ०७:०४ रोशन भट्ट

नागरिकताबाट प्रभावित व्यक्तीहरुको ३ दिने फोटो प्रदर्शनी तथा प्रक्षिक्षक प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ। सुदूरपश्चि प्रदेशका कानून मन्त्रीको प्रमुख आतिथ्यतामा कोख मेरो सन्तान कस्को ? मुल नाराका साथ नागरिकता विहिन व्यक्तिहरु सम्बन्धी फोटो प्रदर्शनी सुरु भएको हो।

नागरिकता पाउन बाट वञ्चित तथा विभिन्न संघर्ष गरेर नागरिकता पाएका व्यक्तिहरुको फोटो संकलन गरि फोटो प्रदर्शन गरिएको हो। आमाको नाम बाट पनि नागरिकता पाउनु पर्छ भन्ने उद्देश्याका साथ फोटो प्रदर्शनी सुरु गरिएको हो। आज पहिलो दिन झण्डै डेढ सय जनाले अवलोकन गरेका छन्। 

विभेद र समानताका लागि कार्यरत महिला कानून र विकास मञ्चले फोटो संकलन गरि पदर्शन सुरु गरेको हो। फाटो संकलन विभिन्न संघसंस्था, नागरिक समाज लगायत अन्यको सहयोगमा गरिएको थियो। आज पहिलो दिनको कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला वडाल जोशी, प्रदेश महान्यायधिवक्ता कुलानन्द उपाध्याय, धनगढी उप महानगरपालिकाका उपमेयर शुशिला मिश्र भट्ट लगायतको पनि सहभागिता रहेको थियो। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस