सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका एक किशोरको भारतमा मृत्यु 

२०७९ पुष २१, ०९:०८ खबर संवाददाता

बैतडी: बैतडीका एक किशोरको भारतको पिथौरागढमा मृत्यु भएको छ। जेसीबी अपरेटरको रुपमा काम गर्दै आएका पुर्चौंडी नगरपालिका ५ दहतोलीका १९ वर्षीय सुनिल बोहराको मृत्यु भएको उनका मामा धनबहादुर बोहराले बताए। गएको एक वर्षदेखि पिथौरागढमा काम गर्दै आएका बोहराको बुधबार मृत्यु भएको हो।

जेसीबी दुर्घटना भएर हो वा च्यापिएर मृत्यु भएको हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको बताइएको छ। बैतडी प्रहरीले भने यसबारे आधिकारीक जानकारी नआएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस