सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेश्वर गाउँपालिकाद्धारा मायाको परिवारलाई आर्थिक सहयोग 

२०७९ पुष २०, ०६:२२ खबर संवाददाता

बैतडी: बैतडीमा घाँटी रेटि हत्या गरिएकी पञ्चेश्वर ४ फ्याउलेकी माया लुहारको  परिवारलाई आर्थिक सहयोग गरिएको छ। पञ्चेश्वर गाउँपालिकाले  लुहारको परिवारलाई  आर्थिक सहयोग गरेको हो। माया लुहारको परिवारलाई गाउँपालिकाले २ लाख ५० हजार  आर्थिक सहयोग  गरेको गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताइन्।

यसअघि घाइते नेहा लुहारको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेको पलिकाले  अहिले २ लाख ५० हजार चेक हस्तान्त्रण गरेको उनले बताइन्। यस्तै गाउँपालिकाका उपाध्यक्ष बिना भट्ट, वडा अध्यक्ष र कर्मचारीहरुले व्याक्तिगत रुपमा संकलन गरेर ६३ हजार रुपैँया  पीडित  परिवारलाई हस्तान्त्रण गरिएको बताइएको छ।

सशस्त्र प्रहरीका जवान  समेत रहेका शिवनाथ ४  सोलपालाका भरतराम कोलीले माया लुहारको घाँटी  रेटेर हत्या  गरेका थिए भने नेहा लुहारलाई घाटीमा चक्कु प्रहार गरी गम्भिर घाइते बनाएका थिए। माया हत्याका अभियुक्त भरतराम कोलीलाई पुर्पक्षका लागि कारागार चलान गरिसकिएको छ। 

कमेन्ट लोड गर्नुस