सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक जना मृत फेला

२०७९ पुष १७, ०२:३८ खबर संवाददाता

धनगढीः डोटीमा एक जना मृत फेला परेका छन्। जिल्लाको दिपायल स्थित सिलगढी नगरपालिका वडा नम्बर ८ देउरागाउँ लडागडाका ६० वर्षीय धरु कडायत मृत फेला परेका हुन्। 

कडायत गोगनपानी सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका हुन््। यही पौष ११ गते घरबाट निस्केका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा सो वन क्षेत्रमा शव फेला परेका थिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   
 

कमेन्ट लोड गर्नुस