सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडी नगरपालिकामा तालाबन्दी

२०७९ पुष १७, ११:११ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ। नगरपालिकाका सुचना अधिकारी उमेशराज रेग्मीले एउटा समुह आएर नगरपालिकामा तालान्दी गरेको बताए। 

नगरपालिकाले मापदण्ड विपरीत सडक छेउछाउका संरचना हटाएको भन्दै घोडाघोडी नगरपालिका–१० पहलमानपुरका स्थानीयले तालाबन्दी गरेको बुझिएको छ।

नगरपालिकामा तालाबन्दी गरिएको विषयमा आफुलाई कुनै जानकारी नभएको नगरपालिकाकी नगर उप–प्रमुख गुलियाकुमारी चौधरीले बताइन्।

कमेन्ट लोड गर्नुस