सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय प्रधानमन्त्री मोदीकी आमाको मृत्यु

२०७९ पुष १५, १०:४७ खबर संवाददाता


काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको आज मृत्यु भएको छ। मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो। स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो।

प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन्। उनले ट्वीट गरेर भनेका छन्, 'शानदार शताब्दीको ईश्वरको चरणमा बिराम'। आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ।'
 

कमेन्ट लोड गर्नुस