सुदूर नेपाललाई विश्वसँग जोड्दै

भलीबल खेल्दा बिवाद भएपछि बझाङमा लौरो हानेर एक जनाको हत्या

। फोटो स्रोत ।
२०७५ चैत्र ११, ११:०८ डीवि विष्ट

बझाङ जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ५ बस्ने १८ बर्षिया आनन्द विकको हत्या भएको छ। आईतबार दिउसो गाउँ नजीकै भलिबल खेल्दा विवाद भएपछि सुर्मा गाउँपालिका वडा नम्बर ५ बस्ने १८ बर्षीय जीवन बोहरा र १८ बर्षीया रनु बोहराले विकलाई लौरोले हानेर घाईते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए। 
घाईते विकको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज तर्फ रेफर गरिएको र सोमबार विहान अत्तरिया पुग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीको भनाई छ। घटनामा संग्लग्न दुबै जना फरार रहेको डिएसपी धिताले बताए। दुबै जनाको खोजी कार्य भईरहेको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक सहितको टोली घटनास्थलमा गएको डिएसपि धितालले बताए। केहि समय अघि मात्रै सदरमुकाम चैनपुरमा नै सुर्मा गाँउपालिका वडा नम्बर एकका धर्क बहोराको सो गाँउ बस्ने दर्पण बोहराले ढुङ्गा प्रहार गरि हत्या गरेका थिए। 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस