बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
धनगढी: बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बझाङको छबिसपाथिभेरा गाउपालिका–३ शान्तिकोट गोठालाचौकामा साँझ ७ बजे ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टर चालक छबिसपाथिभेरा–५ का मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन्।
अर्का ट्याक्टरमा सवार धर्म धामी भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको ट्रयाक्टर उकालो सडक भएकाले पछाडि सर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।