डोटीमा भइरहेको कालोबजारी सम्बन्धमा प्रशासन प्रमुखलाई ज्ञापन पत्र
धनगढीः डोटी जिल्लामा भइरहेको कालोबजारीका सम्बन्धमा जिल्लाको प्रशासन प्रमुखलाई राष्ट्रिय जनमोर्चा पार्टीले ज्ञापन पत्र बुझाइएको छ।
जिल्लामा भइरहेको कालोबजारी तथा सार्वजनिक यातायातमा चलिरहेको मनपरि भाडादर, अबैध रुपमा भईरहेको मदिरा बिक्रि वितरण सम्बन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई पार्टीले ज्ञापन पत्र बुझाइएको हो। साथै जिल्लाका सबै सरोकार पक्षहरुलाई छलफल तथा परामर्श गरी समस्या समाधान गर्न अनुरोध गरेको छ।
