निर्माणाधिन ६ लेन सडकमा निर्माण उपकरण र कामदार भेट्नै मुस्किल
मोहनापुल अत्तरिया ६ लेन सडकको निर्माण अवधि सकिन दुई महिना बाकी रहँदा पहिलो प्याकेनमा भने निर्माण लगभग ठप्प छ। निर्माणस्थलमा कामदार तथा निर्माण व्यवसायी समेत देखिदैनन भने निर्माण सामाग्रीको पनि व्यवस्थापन हुन सकेको छैन्। तीन खण्डमा विभाजन गरि निर्माण भईरहेको सडकको पहिलो खण्ड मोहनापुलदेखि बोराडाँडी सम्म रहेको छ भने जसको लम्बाई करिव साढे ४ किलोमिटर छ।
यो खण्डको निर्माणको जिम्मा नागार्जुन निर्माण सेवाको हो। आईतवार दिनेश खबरको टिमले स्थलगत रिर्पोटिङ गर्दा एक स्थानमा जेसिवी र रोलरले काम गरि रहेको भएपनि अन्य स्थानमा भने निर्माण उपकरण तथा कामदार भेटिएनन्। साढे ४ किलोमिटरको सडकमा ७ स्थानमा कल्भर्ट रहेका छन तर कुनै पनि कल्भर्टको निर्माण कार्य पुरा भएको छैन्।
कल्भर्ट निर्माणमा ढिलाई भईरहदा आवातजावतमा निकै नै समस्या भईरहेको छ। फिल्डमा मात्रै होईन निर्माण कम्पनीको धनगढी स्थीत कार्यालयमा पनि कोही थिएनन्।