सुदूर नेपाललाई विश्वसँग जोड्दै

ग्यास विस्फोट हुँदा १० जनाको मृत्यु, ५० जना घाइते

२०७९ पुष ९, ०९:४५

अफ्रिकाः दक्षिण अफ्रिकाको ठूलो शहर जोहानेसबर्गको बोक्सबर्गमा शनिबार बिहान भएको ग्यास विस्फोटमा परी १० जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा अन्य ५० जना घाइते भएका छन्। 

इकुरहुलेनी इमर्जेन्सी म्यानेजमेन्ट सर्भिसेजका प्रवक्ता विलियम नट्लाडीका अनुसार बिहान ७ः५० बजे बोक्सबर्गको पुलमुनि एउटा ग्यास ट्रक फसेको र आगलागी भएको खबर प्राप्त भएको हो।

नत्लाडीले भने, “अग्निनियन्त्रकहरूले आगो निभाउन खोज्दा विस्फोट भएको छ। घटनामा छ जना अग्निनियन्त्रक घाइते भएका छन्। उनीहरूको अवस्था स्थिर रहेको छ। 

घटनाबारे अनुसन्धान सुरू गरिएको उनले बताए। प्रवक्ताका अनुसार ट्रकले कुन प्रकारको ग्यास बोकेको थियो भन्ने जानकारी समाचार तयार गर्दासम्म प्राप्त हुन सकेको छैन।
 

कमेन्ट लोड गर्नुस