सुदूर नेपाललाई विश्वसँग जोड्दै

२७ करोडको नेपालबाट यार्सागुम्बा निर्यात

२०७९ पुष ९, ०२:११ खबर संवाददाता

काठमाडौ : चालू आर्थिक वर्ष २०७९र८० को ५ महिनामा नेपालबाट २७ करोड ८१ लाख रूपैयाँको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउनदेखि मंसिर महिनासम्ममा उक्त मूल्य बराबरको यार्सागुम्बा विदेशतर्फ निर्यात भएको हो।५ महिनाको अवधिमा नेपालबाट ४५३ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । नेपालबाट यस अवधिमा विश्वका ११ वटा देशमा यार्सागुम्बा निर्यात भएको छ । विभागका अनुसार युरोप, एसिया र अमेरिकाका देशमा नेपालबाट यार्सागुम्बा निर्यात भएको छ ।
हङकङमा ११ करोडको यार्सागुम्बा निर्यात हुँदा कम्बोडियामा १० करोडको यार्सागुम्बा निर्यात भएको छ । यस्तै, भियतनाममा ४ करोड निर्यात हुँदा अमेरिकामा ५१ लाखको निर्यात भएको छ । यसैगरी, सिंगापुरमा ८७ लाखको यार्सागुम्बा निर्यात हुँदा मलेसियामा २३ लाखको निर्यात भएको छ ।
यसबाहेक, संयुक्त अधिराज्य, दक्षिण कोरिया, इटाली, जर्मनी र फ्रान्समा समेत यार्सागुम्बा निर्यात हुने गरेको छ ।

कमेन्ट लोड गर्नुस