सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पहिरोले पुरिएर एक जनाको मृत्यु, तीन जना घाइते

२०७५ चैत्र १०, ०६:३८ खबर संवाददाता

बझाङको केदारस्युँ गाउँपालिकाको वडा नम्बर ४ खिल्लेख दोबाटो सुदाडामा सिचाई नहर खन्दा माथिबाट आएको पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ। सिचाई नहर खन्ने क्रममा केदार स्युँ गाँउपालिका वडा नम्बर ४ की ४० बर्षिया मना देवि भट्टको घटना स्थलमा नै पुरीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  

अन्य तीन जना गम्भिर घाइते भएका छन्। घाइते हुनेमा केदार स्युँ गाँउपालीका ४ कै ३५ बर्षिया हर्का देवि भट्ट, ४० बर्षिया कलु देवि भट्ट र ३८ बर्षिया धना देवि भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  

कमेन्ट लोड गर्नुस