फ्रान्समा गोली चल्दा ३ जनाको मृत्यु
एजेन्सी: फ्रान्समा गोली चल्दा ३ जनाको मृत्यु भएकोे छ। मध्य पेरिसमा रहेको कुर्दिश सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको हो। गोली लाग्दा तीन जना घाइते भएका छन्।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। ‘गोली लागेर तीन जनाको मृत्यु भएको छ, एक व्यक्ति सघन हेरचाहमा र दुई जना गम्भीर घाइते छन्। पक्राउ परेका संदिग्धलाई पनि अनुहारमा चोट लागेको छ’ सहरका अभियोजक लाउरे बेकुउले भने, आक्रमणबारे अनुसन्धान भइरहेको छ।
संदिग्धले दुई अलग घटनामा सन् २०१६ र सन् २०२१ मा पनि हत्या प्रयास गरेका थिए। फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले फ्रान्समा हिंसात्मक अति दक्षिणपन्थी समूहहरूको खतराबारे बारम्बार चेतावनी दिएका छन्।