सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन नगरपालिकामा तालाबन्दी

२०७९ पुष ६, ०२:०६ खबर संवाददाता

बैतडीः बैतडीको पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ। बुधबार शिक्षक धनबहादुर विष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै नगरपालिकामा तालाबन्दी गरिएको हो।

संघर्ष समितिले विष्ट मृत फेला परेको ५ दिन बित्दा पनि सत्यतथ्य पत्ता नलागेकाले नगरपालिकामा तालाबन्दी गरेको जनाएको छ। समितिकी संयोजक लिला विष्टले स्थानीय सरकार घटनाप्रति जवाफदेही नहुँदा सरकारलाई दबाब दिन तालाबन्दी गरेको बताइन्। 

शनिबार पाटनमा मृत फेला परेका विष्टको हत्या भएको आशंका गरिएको छ। सुर्नया गाउँपालिका–२ ग्वानी घर भएका शिक्षक विष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए। आफन्तले मृत्यु नभइ हत्या भएको भन्दै शव बुझेका छैनन्।

मंगलबारदेखि सीआइबीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। अहिलेसम्म ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस