सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी शिक्षक मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न मौलिक जरोकिलो पार्टीको माग

२०७९ पुष ५, ०४:१९ खबर संवाददाता

धनगढीः बैतडीमा शिक्षक मृत्यु घटनाका दोषीलाई कारबाही गर्न मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेस समितिले माग गरेको छ। 

जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर २ का ५५ वर्षीय शिक्षक धनबहादुर बिष्ट मृत फेला परेको घटनाप्रति गम्भीर ध्यानाकर्षभएको जनाउँदै जरोकिलोले घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग गरेको हो। 

मंगलबार एक विज्ञप्ती जारी गर्दै पार्टी समितिले  घटनाको अबिलम्ब अनुसन्धान गरि हत्या भएको पाईए दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न र पिडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हो। 

मृतक विष्टको हत्या भएको भन्दै  सत्यतथ्य छानविन गरि घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग गरेको हो।

विष्ट श्रीकृष्ण मावि पाटन र पाटन बहुमुखी क्याम्पसमा शिक्षण गर्दै आएका थिए।

कमेन्ट लोड गर्नुस