सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बाँदरको आक्रमणबाट एक महिला घाइते

२०७९ पुष ४, ०९:२६ खबर संवाददाता

बैतडी: बैतडीमा बाँदरको आक्रमणबाट एक महिला घाइते भएकी छिन्।  भान्सा कोठामा खाना पकाइरहेका बेला खाना खोस्न आएका बाँदरले आक्रमण गर्दा दोगडाकेदार गाउँपालिका –४, पीपलकोटकी ५० वर्षीय मीना भट्ट घाइते भएकी हुन्।

घाइते भट्टको टाउकोमा छ वटा टाँका लगाइको छ। बाँदरको झुण्ड खाना खोस्न भान्सामा पसेकाबेला प्रतिकार गर्दा बाँदरले आक्रमण गरेर गम्भीर घाइते बनाएको पीडित महिलाका देवर सत्यदेव भट्टले बताए। मानव बस्तीमा बाँदरले आतङ्क मच्चाउन थालेपछि बैतडीको दोगडाकेदार –४, का स्थानीय त्रसित बनेका छन्।

दोगडाकेदार गाउँपालिकासँगै जोडिएको बैतडीको दशरथचन्द नगरपालिकाका स्थानीयवासी पनि बाँदरका कारण पीडित बनेको बताएका छन्। दशरथचन्द नगरपालिका–४, ५, ६, ८ र १० नम्बर वडाका अधिकांश गाउँ बाँदरका कारण रित्तिएको मोहित भण्डारीले बताए।
 

कमेन्ट लोड गर्नुस