बाजुरामा लडेर एक जनाको मृत्यु
बाजुरा: बाजुरामा एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका–९ सेलागाडस्थित गोरेटो बाटोमा लडेर हुम्ला सिमिकोट गाउँपालिका–८ बस्ने ६० वर्षीय दिर्घ बहादुर शाहीको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
एक्कासि लडेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भब नभएपछि बयलपाटा अस्पताल अछाम ल्याइएको थियो। बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।