सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा शिक्षक मृत फेला प्रकरणः विद्यार्थी आन्दोलित, आफन्तले शव बुझेनन्

२०७९ पुष ४, ०२:०९ खबर संवाददाता

बैतडीः बैतडीको पाटनस्थित कृष्ण माध्यमिक विद्यालयका शिक्षक धन बहादुर बिष्टको हत्या गरिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। बिष्ट कार्यरत कृष्ण माध्यमिक विद्यालय र पाटन बहुमुखी क्याम्पसका विद्यार्थीहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले शिक्षक बिष्टको हत्या गरिएको भन्दै सत्यसत्थ्य छानविनको माग गरेका छन्।

तीन दिन अघि लडेर मृत्यु भएको भनिएका बिष्टको शरीरका विभिन्न भागमा घाउ चोट भएकाले हत्या भएको आफन्तको दाबी छ। ‘दात र नाक भाचिएको छ, छाती, अनुहार सबैतिर कुटपिट गरेजस्तै घाउ छ,’ बिष्टका आफन्त लोकेन्द्र बिष्टले भने, ‘लडेको मात्र भए यति धेरै चोटपटक हुन सक्दैन।’ 

बिष्टका आफन्तहरुले शव बुझ्न मानेका छैनन् भने विद्यार्थीहरुले आन्दोलनमा उत्रिदै प्रहरीलाई हत्याको छानबिन गरि सत्यतथ्य कुरा बाहिर ल्याउन माग गरेका छन्। शनिबार दिउसो कृष्ण माध्यमिक विद्यालयको छात्रवास पछाडिको ३० मिटर तल मृत अवस्थामा फेला परेका बिष्ट २०४८ साल देखि कृष्ण माविमा अध्यापन गराउदै आएका थिए।
 

कमेन्ट लोड गर्नुस